स्मार्ट च्वाइस र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत् भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

 मंसिर १३, २०७९ मंगलबार १३:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा वाणिज्य बैंक-एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत् भुक्तानी सेवा सञ्चालनको लागि सम्झाैता भएकाे छ। 

सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गर्नुभएको हाे।

गएकाे २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएकाे स्मार्टच्वाइस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास लिइएकाे छ । 

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग  प्रयोगकर्ताले ईबीएल टच ट्वान्टीफोर एपमार्फत् स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने एभरेष्ट बैंकमार्फत् विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्न छन् ।

ई.एम.भी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीचमार्फत् कारोबारको भुक्तानी तथा फर्स्याेट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत् भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने विश्वास लिइएकाे छ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया