माेदीलाई कांग्रेस अध्यक्षले ‘रावण’ भनेकाे भन्दै बीजेपीकाे आपत्ति

 मंसिर १३, २०७९ मंगलबार १४:१६:४८ | एजेन्सी
unn.prixa.net

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री नरेन्द्र माेदीलाई लिएर गर्नुभएकाे टिप्पणीप्रति भारतीय जनता पार्टी (बीजेपी) ले आपत्ति जनाएकाे छ । बीजेपीले कांग्रेस अध्यक्ष खड्गेकाे टिप्पणीकाे जवाफ दिँदै गान्धी परिवारले माेदीलाई घृणा गर्ने गरेकाे बताएकाे छ । बीजेपीले कांग्रेसका अध्यक्ष खड्गेले माेदीलाई ‘रावण’ भनेकाे दाबी गरेकाे छ ।

बीजेपी प्रवक्ता संबित पात्राले आज मङ्गलवार पत्रकार सम्मेलन गर्दै कांग्रेस अध्यक्षले साेनिया गान्धीले भनेकाे भरमा प्रधानमन्त्री माेदीकाे अपमान गरेकाे दाबी गर्नुभएकाे छ । 

गुजरात चुनाव प्रचारका क्रममा हिजाे साेमवार मल्लिकार्जुन खड्गेले प्रधानमन्त्री माेदीलाई लक्षित गर्दै भन्नुभएकाे थियाे, ‘तपाईंकाे अनुहार कति पटक हेर्‍याैँ । सबैतिर तपाईंकाे नै अनुहार देखिन्छ । कति वटा अनुहार छ तपाईंकाे ? के तपाईंकाे पनि रावणकाे जस्तै १०० मुख छ ?’ 

एक अर्काे चुनाव प्रचारकाे क्रममा अध्यक्ष खड्गेले प्रधानमन्त्री माेदीलाई एकपछि अर्काे झुट बाेलिरहेकाे आराेप लगाउनुभएकाे थियाे । 

खड्गेकाे यही टिप्पणीमाथि आपत्ति जनाउँदै बीजेपीले प्रधानमन्त्री माेदीलाई रावण भन्नु पूरै गुजरातकाे अपमान भएकाे बताएकाे हाे ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया