एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

 मंसिर १४, २०७९ बुधबार १९:५१:२८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ ।

भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधवार याे ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ ।

एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ । यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधवारको विदेशी विनिमय दरअनुसार एक अर्ब ४५ करोड ८६ लाख २० हजार रुपैयाँ) बराबर कबोलेको थियो ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गएकाे सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो । त्यसमा ब्राजिल, चीन र फ्रान्सका कम्पनीले पनि प्रस्ताव हालेका थिए तर आर्थिक र प्राविधिकरूपमा उपयुक्त रहेको भन्दै भारतीय कम्पनी छनोटमा परेको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Bishnuhari Lamsal

    Dec. 1, 2022, 2:51 a.m.

    थुक्क मेरा्े देश सवै सधै विदेशी ले गरिदिनु पर्ने सियाे देखि जहाज सम्म अब झुन्डिएर मर्न पनि बाबियाे पाटका डाेरि पइन्न नेपालमा । लइसन, सिमकार्ड ,पासपोर्ट ,केही पनि उत्पादन नहुने भयाे ।सुखि नेता व्यापारि दुखि नेपाली ......

  •  0 Reply

तपाईको प्रतिक्रिया