सुन चाँदीको भाउ फेरि बढ्यो

 मंसिर १५, २०७९ बिहिबार ११:४९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ  फेरि बढ्न थालेको छ ।

आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा पुगेको छ ।

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ ।

चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: पुस ९, २०७९

तपाईको प्रतिक्रिया