विरोध र प्रदर्शनपछि चीनमा लकडाउन खुकुलो

 मंसिर १६, २०७९ शुक्रबार ७:२२:४० | एजेन्सी
unn.prixa.net

चीनले विरोध र प्रदर्शन देशव्यापी बढ्दै गएपछि कोरोना भाइरस रोकथामका लागि लागू गरेको लकडाउन केही खुकुलो पारेको छ । साङ्घाई र गोङजाउ सहरका केही जिल्लामा लकडाउन हटाइएको छ । त्यस्तै, चोङकिङगमा पनि लकडाउन खुकुलो पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनका उपप्रधानमन्त्री सन चुनलानले देशले नयाँ परिस्थितिको सामना गर्नुपरेको बताउनुभएको छ । सरकारले शून्य कोभिड नीतिको नाममा नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक क्रियाकलाप ठप्प पार्ने काम गरिहेको भन्दै यसअघि विभिन्न सहरमा प्रदर्शन भएका छन् ।

सरकारले बाहिर निस्कन नदिएका बेला पश्चिमी सिनजियाङ क्षेत्रको एक भवनमा गएको हप्ता आगलागीका कारण १० जनाको ज्यान गएपछि प्रदर्शन सुरु भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया