सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

 मंसिर १६, २०७९ शुक्रबार १०:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

हिजो पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया