राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
काठमाण्डाै – विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरि हरेक बुधवार र शनिवार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।
यस छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम एक सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकले बिग मार्टको सबै शाखामा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।
यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आईएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यु पे तथा विभिन्न सहकारीका एपबाट पनि भुक्तानी गर्न सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।