आईएमईको २२ औँ साधारण सभा : कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित

 मंसिर १६, २०७९ शुक्रबार १९:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आईएमईको २२ औँ साधारण सभा सम्पन्न भएको छ ।

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आईएमईले आज शुक्रवार काठमाण्डाैकाे एक होटलमा सम्पन्न गरेको २२ औँ साधारण सभाले याे प्रस्ताव पारित गरेको हो । योसँगै आईएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।

साधारण सभामा बाेल्दै आईएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्केलमा आईएमई स्थापना भएको स्मरण गर्नुभयो । अध्यक्ष ढकालले आम सेवाग्राहीबीच आईपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आईएमईको आजसम्मको व्यावसायिक यात्रामा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

आईएमई ग्रुपका सह–संस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको भन्दै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान्, पारदर्शी र व्यावसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताउनुभयो ।

अब नेपालको सबैभन्दा ठूलो रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चाँडै आईपीओ निष्काशन गर्ने आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताउनुभयो । यो प्रक्रियाका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रक्रिया अगाडि बढ्नेछ ।

रेमिटेन्स समाधान प्रदायकहरूमध्येको अग्रणी आईइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आईएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आईएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशबाट नेपालमा रेमिटेन्स भित्रिने गर्छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया