नेपालमा सुरु भयाे माइक्रोसफ्टको 'स्टार्टअप्स फाउन्डर्स हब' कार्यक्रम

 मंसिर १७, २०७९ शनिबार १३:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माइसक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको छ । आईसिटी अवार्डसँगको सहकार्यमा शुक्रवार माइक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको हो।

शुक्रवार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना भएको विशेष सार्वजनिक कार्यक्रममा २ सयभन्दा बढी स्टार्टअप लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विश्वका २०० भन्दा बढी देशमा सफलतापूर्वक सुरू भइसकेको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम स्टार्टअपलाई प्रवर्द्धन गर्न नेपालमा सुरू गरेको माइक्रोसफ्टले जनाएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै माइक्रोसफ्टका लागि बङ्लादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसिफ फारूकले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पुर्याउन फाउन्डर्स हबले सहयोग गर्ने बताउनु भयाे । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा सहभागी भएर त्यसको फाइदा उठाउन समेत फारूकले आग्रह गर्नुभयाे ।

त्यस्तै माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताउनु भयाे । कार्यक्रममा माइक्रोफ्टको स्टार्टअप्स फाउन्डर्स हबमा आबद्ध भएका वेद एप र डिजिटल एज नेपालले पनि आफ्नो सफलताको कथा सबैमाझ साझा गरेका थिए । उनीहरूले सफलताको कथा प्रस्तुत गर्दै आफ्नो स्टार्टअपको सफलतामा फाउन्डर्स हब कार्यक्रमले सहयोग गरेको बताए ।

त्यस्तै कार्यक्रममा माइक्रोसफ्ट एजुरे वारे माइक्रोसफ्ट सेक्युरिटी स्पेसियलिस्ट पशान्त देवाजुले वर्कसप सञ्चालन टेक्निकल सेसन सञ्चालन गर्नु भएकाे थियाे । माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताउनु भयाे । 

कार्यक्रममा इन्फोडेभलपर्स आईसिटी अवार्डका २०२२ मा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र आइडियाले आफ्नो कथा र अहिलेसम्मको यात्रा शेयर गरेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया