सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट

 मंसिर १७, २०७९ शनिबार १७:५१:३७ | एजेन्सी
unn.prixa.net

सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ ।  संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि विवाद सुरु भएको थियो । त्यसपछ सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहिले मुक्कामुक्की पनि गरेका छन् ।

बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेका बीबीसीले जनाएको छ ।  सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो । चुनावमा सत्तारुढ पार्टीले बहुमत ल्याउन नसकेपछि तनाव झन बढेको छ ।

राष्ट्रपति म्याकी सालले सन् २०२४ को राष्ट्रपति चुनावमा तेस्रो पटक पनि उम्मेदवारी दिने तयारी गरेपछि विपक्षी झनै आक्रामक बनेका छन् । यसअघि गएको सेप्टेम्बरमा पनि संसदको पहिलो बैठकमै सांसदहरुबीच झडप भएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया