लगातार बढ्दै सुन चाँदीको भाउ

 मंसिर १८, २०७९ आइतबार १०:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ ।

अस्ति शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।  

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया