न्यूनतम तापक्रम लगातार घट्दै, जुम्ला र जोमसोमको तापक्रम माइनसमा

 मंसिर १९, २०७९ सोमबार ७:२३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको बिहान पाैने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजोको सात डिग्री सेल्सियस थियो । काठमाण्डौसँगै देशभरको न्यूनतम तापक्रम घट्न थालेको छ ।

जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा छ  । हिजोको जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री सेल्सियस  थियो । यस्तै, जोमसोमको माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।

आजको न्यूनतम तापक्रम पौने ९ बजे मात्रै आउने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो । उहाँका अनुसार जिरीको न्यूनतम तापक्रम १ दशमलव ४, ताप्लेजुङको ६ दशमलव ५, डडेल्धुराको ६ दशमलव ७, लुम्लेको ७ र वीरेन्द्रनगरको ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ ।

अधिकतम तापक्रम पनि घट्दो क्रममा छ । तापक्रम घट्न थालेसँगै चिसो बढ्न थालेको छ । आज प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने र अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया