सुन चाँदीको भाउ आज केही घट्यो

 मंसिर २०, २०७९ मंगलबार १०:४९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लगातार बढेको सुन चाँदीको भाउ आज भने केही घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकेको छ । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर २८, २०७९

तपाईको प्रतिक्रिया