बीबीसी सन् २०२२ का सय प्रभावशाली महिलाको सूची सार्वजनिक

 मंसिर २०, २०७९ मंगलबार १२:८:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट सय जना प्रेरणादयी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास, घानाकी लेखिका नाना डार्कोका सेकिआमाहलगायत रहेका छन् ।

यो सूचीले सन् २०२२ मा विश्वभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्बित गरेको बीबीसीले जनाएको छ । बीबीसीले हरेक वर्ष विश्वभरका एक सय जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम सार्वजनिक गर्दै आएको छ । यो सूची दशौँ संस्करण हो ।

अन्तिम नाम सार्वजनिक गर्नुअघि सूची तयार पार्दा क्षेत्रीय प्रतिनिधित्वको सन्तुलनका साथै उपयुक्त निष्पक्षताको आधारलाई पनि ध्यानमा राखिएको बीबीसीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया