हैटीको राजधानीमा गुन्डाहरूकाे घेराबन्दीका कारण प्रधानमन्त्री नै कार्यालय जान नसक्ने अवस्था

 मंसिर २०, २०७९ मंगलबार १४:५७:१४ | एजेन्सी
unn.prixa.net

राज्यविहीन अवस्थामा पुगेको हैटीमा सशस्त्र गुण्डाहरूको प्रभावका कारण प्रधानमन्त्रीसमेत कार्यालय जान नसक्ने अवस्था आएको छ ।

पछिल्ला राष्ट्रपतिलाई कार्यालयमै गोली हानेर हत्या गरेपछि अहिले हैटीमा संसद् छैन । अमेरिकाले समर्थन गरेका प्रधानमन्त्री आरियल अनरीले राज्य चलाउन सक्नुभएको छैन । अनरीलाई धेरैले प्रधानमन्त्री नै नमान्ने गरेका बीबीसीले जनाएको छ । राज्यविहीन अवस्थामा पुगेको हैटीको आधा जनसङ्ख्या अर्थात् झन्डै ४७ लाख मानिस भोकमरीको चपेटामा रहेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । 

अहिले सशस्त्र गुन्डाहरूले देशका विभिन्न क्षेत्र कब्जा गरेका छन् । सशस्त्र समूहले कब्जा गरेको एउटा क्षेत्रका मानिस अर्को क्षेत्रमा पुगे भने हत्यासमेत हुने गरेको छ । सशस्त्र समूहले अपहरण, बलात्कार तथा हत्याका शृङ्खला मच्चाइरहेका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार बितेको १० महिनामा अपहरणका एक हजार एक सय सात वटा घटना भएका छन् । सामूहिक बलात्कारका घटना सामान्यजस्ता बन्न थालेका छन् । मानिसहरू रात परेपछि घरबाहिर निस्कनै सक्दैनन् । संसद्को वरपरको क्षेत्र तथा राजधानी भित्रिने र बाहिरिने सडक सशस्त्र समूहको पूर्ण नियन्त्रणमा रहेको छ । राजधानी पोर्टो प्रिन्समा जथाभाबी फोहर थुप्रिएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया