अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु : प्रधानमन्त्री देउवा

 मंसिर २०, २०७९ मंगलबार १६:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खस्किँदो अर्थतन्त्रका कारण निजी क्षेत्र समस्यामा परेको भन्दै आज मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । अर्थतन्त्र जोगाऔँ अभियानमा रहेको महासङ्घका तर्फबाट अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डले अहिलेकै अवस्था लामो समयसम्म गएमा निजी क्षेत्र तहसनहस हुने भन्दै समस्या समाधानको लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो । 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । प्रधानमन्त्रीले यस विषयमा निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता पनि जनाउनुभएको छ । 

शीर्ष नेतृत्वसँग भेटघाटको क्रममा महासङ्घ प्रतिनिधिमण्डलले गएको शुक्रवार अर्थमन्त्री जनार्दन शर्मासँग, अस्तप आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेट गरि देशको अर्थतन्त्र जोखिम उन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो । 

अनिवार्य नगद अनुपात सीआरआरलाई एक प्रतिशत विन्दुले कम गर्नुपर्ने, सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अबलम्बन गर्नुपर्ने, पुँजीगत खर्च बढाएर आर्थिक चहलपहल बढाउनुपर्ने र वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्ने महासङ्घको माग छ । यस्तै निजी क्षेत्र तथा बैंकहरूले विदेशबाट ऋण लिन सहजीकरण एवम् प्रोत्साहन गर्नुपर्ने, उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई तत्काल लागू गर्नुपर्ने लगायतका माग महासङ्घका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया