इन्डोनेसिया : विवाह नगरि यौन सम्बन्ध राख्नेलाई जेल सजाय हुने व्यवस्थासहितको कानुन पारित

 मंसिर २०, २०७९ मंगलबार १७:२२:५८ | एजेन्सी
unn.prixa.net

इन्डोनेसियाको संसद्ले विवाह नगरि हुने यौन सम्बन्धलाई अपराधको रूपमा व्याख्या गर्दै नयाँ कानुन पारित गरेको छ । संसद्ले पारित गरेको नयाँ फौजदारी संहिताअनुसार देशमा विवाहित जोडीले गर्ने बाहेकको यौन सम्बन्धलाई अपराध मानिनेछ ।

तीन वर्षमा लागू हुने नयाँ कानुनअनुसार विवाह नगरि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्म जेल सजाय हुनेछ । केही मुस्लिम बाहुल्य देशहरू प्रेम र यौनको विषयमा उदार बन्दै गए पनि इन्डोनेसियाले भने धार्मिक विषय भन्दै कडाइ गरेको हो ।

आलोचकहरूले कानूनलाई मानव अधिकारका लागि विपत्ति र पर्यटन तथा लगानीका लागि सम्भावित धक्काको रूपमा व्याख्या गरेको छन् । नयाँ कानुनको विरोधमा राजधानी जकार्ताको संसद् बाहिर युवा समूहले प्रदर्शन गरेका छन् र अदालतमा निवेदन दिने तयारी गरेका छन् ।

यो कानुन इन्डोनेसियाली नागरिक र विदेशी पर्यटकमा समेत लागू हुनेछ । विवाह नगरेका जोडीले एकै ठाउँमा रात बिताउनसमेत पाउने छैनन् । धेरै इन्डोनेसियाली युवा/युवतीले विवाह नगरेका जोडी बाहिर सँगै बस्नु वा यौनसम्पर्क गर्नु अपराध नभएको बताउँदै फौजदारी संहिता कुनै निश्चित धर्ममा आधारित हुन नहुने बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया