गाडी, मोटरसाइकल र रक्सी आयात खुला गर्ने सरकारको सैद्धान्तिक निर्णय

 मंसिर २०, २०७९ मंगलबार १९:४१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले विदेशबाट विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको  छ ।

आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गाडी, मोटरसाइकल र मोबाइलसहितका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सैद्धान्तिक निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिनुभयो । आजको बैठकले विदेशी मुद्राको सञ्चिति केही बढेको र आयात प्रतिबन्ध लम्बाउँदा भन्सार राजस्वमा कमी आएर सरकारी कोष समस्यामा पर्ने निष्कर्षसहित आयात खुला गर्ने निर्णय गरेको गहतराजले बताउनुभयो ।

अब अर्थ मन्त्रालयको सहमतिसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात खुलाउने प्रस्ताव पेस गर्ने र पारित भएर राजपत्रमा प्रकाशन भएपछि लागू हुने गहतराजकाे भनाइ छ । यो प्रक्रिया पूरा हुँदा पुस महिना सुरु हुनेछ ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गएको वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो भने ५० हजार डलरभन्दा महँगा निजी चार पाङ्ग्रे गाडी, १५० सीसीमाथिका मोटरसाइकल, तयारी रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयात प्रतिबन्ध कायमै राखेको थियो । आयात प्रतिबन्ध हटाउन सरकारले मुख्यसचिवको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । समितिले अझै पनि आयात प्रतिबन्ध लगाउँदा समस्या थपिँदै जाने भएकाले आयात खुला गर्नुपर्ने सुझाव दिएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया