अर्जेन्टिनाका उपराष्ट्रपति भ्रष्टाचारको आरोपमा दोषी ठहर : ६ वर्षको जेल सजाय

 मंसिर २१, २०७९ बुधबार ९:१८:५ | एजेन्सी
unn.prixa.net

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ । अदालतले उपराष्ट्रपति कर्चरलाई सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको मुद्धामा जेल सजाय सुनाएको हो ।

दोषी ठहर हुनुभएकी ६९ वर्षीया कर्चरलाई कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने फैसला गरिएको बीबीसीले जनाएको छ । तर उपराष्ट्रपति कर्चरले माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको छ । यो व्यवस्था अनुसार उहाँ जेल जाने सम्भावना भने कम छ । कर्चरले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आउनुभएको छ ।

बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा जेल सजाय नै दिने अदालतको फैसला अर्जेन्टिनाको इतिहासमा पहिलो पटक हो । सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति रहेको बेला क्रिस्टिनाले सार्वजनिक निर्माणको ठूलो काम आफ्ना व्यापारी साथीलाई जिम्मा दिएर घुस लिएको ठहर छ ।

यो विषयमा ११ जनाविरुद्ध मुद्दा चलिरहेको र ती मध्ये ७ जना दोषी ठहर भइसकेका खबरमा उल्लेख छ । तीन जना रिहा भएका थिए । निर्माण कम्पनीका मालिक व्यापारी लाजारो बेजलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । साथै गएको वर्ष मनी लान्ड्रिङको आरोपमा उहाँलाई १२ वर्षको जेल सजाय समेत सुनाइएको थियो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया