पेरुमा पहिलाे पटक महिला राष्ट्रपति, महाअभियोगद्वारा हटाइएका क्यास्टिलो हिरासतमा

 मंसिर २२, २०७९ बिहीबार १८:५९:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पेरुका पूर्व राष्ट्रपति पेड्राे क्यास्टिलोमाथि महाअभियोग लगाइएपछि उपराष्ट्रपति डिना बोलुआर्टेले नयाँ राष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ । याेसँगै दक्षिण अमेरिकी देश पेरुले पहिलाे पटक महिला राष्ट्रपति पाएकाे छ ।

पेरुको संसद्ले राष्ट्रपति क्यास्टिलोलाई पदबाट हटाउने पक्षमा मतदान गरेको र बोलुआर्टेलाई उपराष्ट्रपतिबाट राष्ट्रपतिका रूपमा चयन गर्ने निर्णय गरेको थियो । 

सांसदलाई पहिलो सम्बोधन गर्दै डिना बोलुआर्टेले पेरुका पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोले बुधवार संसद् विघटन गर्ने निर्णयको आलोचना गर्नुभएको छ  ।

बोलुआर्टेले ‘एकताको सरकार’ गठनका लागि राजनीतिक युद्धविरामका लागि सांसदलाई आग्रह गर्दै शासन सञ्चालनका लागि व्यापक संवादका लागि आह्वान गर्ने बताउनुभयो । 

पेड्रो क्यास्टिलोले विधायिका भङ्ग गर्ने र आपत्कालीन सरकार गठन गर्ने घोषणा गरेको केही समयपछि पेरुको संसद्को बहुमतको निर्णयले उहाँलाई हटाएर उपराष्ट्रपतिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । पेरुको संविधानअनुसार संवैधानिक अदालतका अध्यक्ष फ्रान्सिस्को मोरालेसले उपराष्ट्रपति डिना बोलुआर्टेलाई राष्ट्रपतिको कार्यभार सम्हाल्न आग्रह गर्नुभएको छ । 

प्रहरीले पेड्रो क्यास्टिलोलाई लिमामा हिरासतमा लिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

पेरुको एक सय ३० सदस्यीय कांग्रेसका एक सय एक सदस्यले क्यास्टिलोविरुद्ध महाअभियोग लगाउने पक्षमा मतदान गरेका थिए । क्यास्टिलाे सन् २०२१ जुलाईमा पेरुको राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे थियाे । सीएनएनको रिपोर्टअनुसार सत्तामा रहँदा ‘भ्रष्टाचारका योजनाहरूको मुख्य योजनाकार’ को आरोपमा पाँच वटा प्रारम्भिक आपराधिक अनुसन्धानको सामना क्यास्टिलाेले सामना गर्नुपर्नेछ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया