पाकिस्तानमा बिजुली र ग्यासको अभाव

 मंसिर २५, २०७९ आइतबार ९:५७:४७ | एजेन्सी
unn.prixa.net

जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेकाे छ ।

पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासकाे अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हाे । पाकिस्तानमा गएकाे वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासकाे अत्यधिक माग बढेकाे छ । 

सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासकाे अभाव भएकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् । उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेकाे नागरिककाे गुनासाे छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धले करिब ६२ प्रतिशत ग्यास उत्पादन गर्ने भए पनि मात्रै ३८ प्रतिशत उपभाेग गर्छ । तीन प्रतिशत ग्यास उत्पादन हुने गरेकाे पञ्जाबमा ५२ प्रतिशत खपत हुने गर्छ। यस्तै,  खैबर पख्तुनख्वामा १५ प्रतिशत ग्यास उत्पादन हुन्छ भने सात प्रतिशत खपत हुने गरेकाे छ । बलुचिस्तानमा ग्यास उत्पादन १२ प्रतिशत र खपत दुई प्रतिशत मात्रै छ। 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया