काठमाण्डौमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस : चिसो अझ बढ्ने

 मंसिर २५, २०७९ आइतबार ११:२४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौमा चिसो बढेको छ ।

काठमाण्डौ उपत्यकासँगै देशभर चिसो बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिम तथा मध्य तराई क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो पनि लागेको थियो । तर तराईमा केही दिनदेखि बिहान लाग्ने गरेको हुस्सु र कुहिरो घाम लागेसँगै क्रमिक रूपमा हट्ने गरेको छ ।

आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया