बेलायतमा 'बेस इडिटिङ' उपचारबाट एक किशाेरीकाे क्यान्सर पूर्णरूपमा निकाे

 मंसिर २५, २०७९ आइतबार १५:२२:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायतमा थेराप्युटिक उपचारबाट एक किशोरीको रक्त क्यान्सर पूर्णरूपमा निको भएको छ । 'बेस इडिटिङ' थेराप्युटिक उपचारबाट बेलायतमा एलिसा नाम गरेकी किशोरीको शरीरबाट क्यान्सर पूर्णरूपमा सफा गरिएको बीबीसीले जनाएको छ ।

यसअघि एलिसाका उपचारका क्रममा ल्युकेमियाका अन्य सबै उपचार असफल भएका थिए । त्यसपछि ग्रेट अर्मन्ड स्ट्रिट अस्पतालका डाक्टरहरूले आनुवंशिक इन्जिनियरिङका माध्यमबाट 'बेस इडिटिङ' भन्ने विधिको प्रयोग गरेर १३ वर्षीया किशाेरी एलिसाका लागि नयाँ औषधि बनाए । त्याे औषधि प्रयोग गरेको छ महिनापछि उनको शरीरमा क्यान्सर पाइएको छैन ।

यद्यपि अझै पनि उनमा क्यान्सर फर्किन्छ कि भनेर डाक्टरहरूले निगरानी गरिरहेका छन् । 

यसअघि एलिसाको क्यान्सर निको नहुने विश्वास गरिएको थियो । किमोथेरापी र बोन–म्यारो ट्रान्सप्लान्ट गरेपछि पनि उनको शरीरमा केही फरक देखिएको थिएन । त्यसपछि डाक्टरहरूले बेस इडिटिङ विधिको प्रयोग गरेका थिए जसको आविष्कार छ वर्षअघि भएको थियो । नयाँ विधिबाट किशोरीको उपचार सफल भएको र क्यान्सर रोगको निदानमा यो ठूलो उपलब्धि भएको खबरमा उल्लेख छ ।

बेस अर्थात् आधारहरूलाई जीवनका आधारभूत तत्त्व मान्ने गरिन्छ । बेस इडिटिङले वैज्ञानिकहरूलाई आनुवंशिक कोडको निश्चित भागमा केन्द्रित हुन र एउटा बेसको मोलिक्युलर संरचनालाई परिवर्तन गर्न साथै त्यसलाई अर्कोमा रूपान्तरण गर्न तथा आनुवंशिक निर्देशनहरू परिवर्तन गर्न दिन्छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया