हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको आग्रह

 मंसिर २६, २०७९ सोमबार ७:३९:१५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आग्रह गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने चीनको भनाइ छ ।

हङकङमा मानव अधिकारको स्थिति र विधिको  शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैरजिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले कानुनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशिला भएको जनाएको छ ।

हङकङमा चीन विरोधी शक्तिलाई समर्थन नगर्न पनि कार्यालयले पुन : सचेत गराएको छ । निष्पक्षता, न्याय र विधिको शासनका निम्ति आफू अग्रपङ्तिमा रहेको दाबी गर्ने अमेरिकाले अपराधीलाई मानवअधिकारका नाममा संरक्षणको प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको चीनको  टिप्पणी छ ।  

यस्तै, चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न पनि चेतावनी  दिएको छ । हङकङका अर्बपति मिडिया टाइकुन जिमी लाइलाई ठगीको आरोपमा पक्राउ परेको विषयमा अमेरिकाले टिका टिप्पणी गर्न थाले पछि चीनको यो चेतावनी आएको हो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया