कतारको घुस लिएको आरोपमा युरोपेली संसदका उपाध्यक्ष बर्खास्त, युरोपकै खराब घटनाको रुपमा व्याख्या

 मंसिर २७, २०७९ मंगलबार १०:०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

कतारले आफ्नो प्रभाव जमाउन युरोपेली संसदका उपाध्यक्षसहित सांसद र अधिकारीहरुलाई घुस दिएको खबर बाहिरिएको छ ।

कतारले युरोपको आर्थिक र प्रशासनिक नीतिमा आफ्नो प्रभाव जमाउन घुस खुवाएको आरोप लागेपछि युरोपभर खलबली मच्चिएको बीबीसीले जनाएको छ । कतारको घुस लिएको आरोपमा बेल्जियम प्रहरीले युरोपेली संसदकी उपाध्यक्ष इभा काइलीसहित चार जनालाई पक्राउ गरेको छ । चारै जनालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ ।

कतारको घुस लिएको आरोप लागेकोहरुबाट बेल्जियम प्रहरीले ६ लाख युरो बरामद गरेको छ भने उनीहरुका कम्प्युटर र मोबाइल पनि जफत गरेको छ । विपक्षी सांसदहरूले घुसखोरीको यो घटना युरोपको इतिहासकै खराब घटनाको रुपमा बाहिर आएको भन्दै चिन्ता जनाएका छन् । युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले पछिल्लो घटनाले युरोपियन लोकतन्त्र आक्रमणमा परेको चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

यस्तै, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोनडर लेनले आरोपहरू धेरै गम्भीर भएकोले छानबिनको लागि शक्तिशाली आयोग गठनको प्रस्ताव गर्नुभएको छ । कतारले भने युरोपेली देशको आरोपको कडा विरोध गर्दै यस्ता दाबी र आरोपलाई गम्भीर रुपमा नलिने जनाएको छ । युरोपका २७ वटा देशका मतदाताहरूद्वारा निर्वाचित संसदका ५ सय ७ जना सदस्यहरू मिलेर ईयू संसद बन्ने गरेको छ । युरोपेली संसद ईयूको एक मात्र प्रत्यक्ष निर्वाचित संस्था हो ।  
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया