युक्रेनकाे लागि सहयोग जुटाउन फ्रान्सद्वारा अन्तर्राष्ट्रिय सम्मेलन आह्वान

 मंसिर २७, २०७९ मंगलबार १२:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुस–युक्रेन युद्धका कारण युक्रेनमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माणका लागि सहयोग जुटाउन फ्रान्सले अन्तर्राष्ट्रिय सम्मेलनको आह्वान गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञ, सहायता निकाय तथा विभिन्न कम्पनीको भेला आह्वान गर्नुभएको हो । पेरिसमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनले कीएभलाई वित्तीय र उपकरण दुवैमा केही तत्काल सहायता प्रदान गर्ने उद्देश्य राखेको द वासिङटन पोष्टले जनाएको छ ।

युक्रेनको समर्थनमा हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनले पूर्वाधार मर्मतका लागि आर्थिक तथा भौतिक सामग्री जुटाउन पहल गर्नेछ । यो सम्मेलनमा फ्रान्स तथा युक्रेनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । फ्रान्सका राष्ट्रपति म्याक्रोले व्यक्तिगत रूपमा र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियोमार्फत सम्बोधन गर्ने तयारी छ । फ्रान्सेली राष्ट्रपतिले युक्रेनलाई समर्थन गर्न सबै प्रयास गर्ने वाचा समेत गर्नुभएको छ ।  
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया