चीनले भन्याे– ‘भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य छ’

 मंसिर २७, २०७९ मंगलबार १८:४३:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य रहेको बताएको छ । सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार्दै चीनले अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको बताएको हो । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आयोजना गर्नुभएको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताउनुभएको रोयटर्सले जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप हुँदा दुवै पक्षका केही व्यक्तिलाई सामान्य चोट लागेको थियो । 

यसैबीच लोक सभामा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा पीएलएबाट अतिक्रमणको प्रयास भएको र त्यसलाई भारतीय सेनाले बहादुरीका साथ विफल बनाएको बताउनुभयो । साथै उहाँले याे मुद्दा कुटनीतिक माध्यमबाट चीनसँग उठाइएको जानकारी दिनुभयो । 

भारत र चीनका सेनाबीच भएको झडपलाई लिएर भारतको केन्द्रीय संसदमा आज मङ्गलवार विपक्षी सांसदहरूले विरोध गरेका थिए । रक्षामन्त्रीको सम्बोधन लगत्तै विपक्षी नेता सरकारको विरोध गर्दै लोक सभाबाट बाहिरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: जेठ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया