काभ्रे बस दुर्घटना अपडेट : ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुल्यो

 मंसिर २८, २०७९ बुधबार ७:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको परिचय खुलेको छ ।

बेथानचोक गाउँपालिका-४ सल्लाफेदमा हिजो बेलुकी बा ३ ख ४३८५ बस दुर्घटना हुँदा चालक ललितपुरको महाङ्काल घर भइ अहिले पनौती ४ बस्ने २२ वर्षका सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षका राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षकी निर्मला तामाङ, बनेपाकै ११ वर्षका योगेश तामाङ, ५० वर्षका आकुर तामाङ, ४३ वर्षकी हेमा तामाङ, १० वर्षका पुष्कर तामाङ, २५ वर्षकी कोपिला तामाङ, ६ वर्षकी श्रेया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै,  काभ्रेको मण्डन देउपुर नगपालिका-१ बस्ने ३७ वर्षकी जेलिना तामाङ, धुलिखेल नगरपालिका ११ बस्ने ३० वर्षका बुद्ध तामाङ, बेथानचोक गाउँपालिका ५ की ३२ वर्षकी मञ्जु तामाङ र बनेपा १४ बस्ने २८ वर्षकी गीता श्रेष्ठको पनि ज्यान गएको छ ।

ज्यान गुमाएका अन्य चार जनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा २२ जना जना घाइते भएका छन् । घाइतेहरुको बनेपा, धुलिखेल र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बनेपा नगरपालिका–११ देखि व्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ को च्याल्टी पुगेर फर्किदैँ गरेको रिजर्भ बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया