आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादनमा अमेरिकी वैज्ञानिकलाई ऐतिहासिक सफलता

 मंसिर २८, २०७९ बुधबार ९:५३:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादन गर्ने प्रयासमा अमेरिकी वैज्ञानिकहरूले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । आणविक योग अर्थात् फ्युजनमार्फत ऊर्जा उत्पादनमा ठूलो सफलता प्राप्त भएको वैज्ञानिकको दाबी छ ।

यो प्रयोग क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा नेश्नल इग्निशन फेसिलिटीमा गरिएको थियो । प्रयोगबाट वैज्ञानिकहरूले बहुप्रतिक्षित परमाणु फ्युजनमा सफलता हासिल गरेका अमेरिकी ऊर्जा विभागले जनाएको छ ।

प्रयोगको नतिजा जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्न मद्दत गर्न सक्ने स्वच्छ ऊर्जाको स्रोतका लागि ठूलो कदम मानिएको बीबीसीले जनाएको छ । अन्वेषकहरूले दशकौँदेखि आणविक फ्युजन पुनः सिर्जना गर्ने प्रयास गरेका थिए ।

यो परीक्षणमार्फत् वैज्ञानिकहरु केही किट्ली पानी तताउन पुग्ने ऊर्जा उत्पादन गर्न सफल भएका छन् तर, आणविक फ्युजनबाट प्राप्त हुने ऊर्जा घरघरमा प्रयोगमा आउन भने निकै समय लाग्ने विज्ञहरुको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया