नासाले पठाएको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता

 मंसिर २८, २०७९ बुधबार १५:१४:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको बीबीसीले जनाएको छ । 

नासाले ओराइअन स्पेस क्याप्सुल प्रयोग गरेर सन् २०२६ सम्ममा चन्द्रमामा फेरि मानव पठाउने योजना बनाएको छ । योजनाअनुसार पहिलो काम पूरा भएको नासाले जनाएको छ । नासाले यस पटक मानवविना नै यान अन्तरिक्षमा पठाएको हो । 

चन्द्रमामा फेरि मानव पठाउन नासाको अभियानलाई आर्टमिस नामकरण गरिएको छ । ग्रिक किंवदन्तीअनुसार आर्टमिस अपोलोकी बहिनी हुन् । उनलाई चन्द्रमाकी देवी मानिन्छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया