ताइवानमा ६ दशमलव २ रेक्टर स्केलकाे भूकम्प

 मंसिर २९, २०७९ बिहीबार १३:५१:२३ | एजेन्सी
unn.prixa.net

ताइवानको पूर्वी तटमा आज बिहीवार ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि धेरै हल्का परकम्पनहरू गएकाे टापुको मौसम विभागले जनाएको छ। ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएकाे विभागले जनाएकाे हाे ।  

अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले भने यो भूकम्प ५ दशमलव ९ रेक्टर स्केलको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले बताउनु भएकाे राेयटर्सले जनाएकाे छ । 

भूकम्पपछि अहिलेसम्म आठ वटा परकम्पन गएको राेयटर्समा उल्लेख छ । आउँदाे तीन दिनमा थप परकम्प आउने अनुमान रहेकाे चेन कुओ–चाङले बताउनु भएको छ । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुवै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू नराेकिएकाे जानकारी दिएका छन् । दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा भूकम्प गरिरहन्छ । 

गएकाे सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६ दशमलव ९ रेक्टर स्केलकाे भूकम्प गएको थियो । यसमा परि  एक जना व्यक्तिको ज्यान गएको थियाे भने केही भवन भत्किएका थिए । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया