अर्थतन्त्रमा सुधार हुँदै, शोधानान्तर स्थिति २० अर्ब रुपैयाँले बचतमा, विदेशी विनिमय सञ्चिति बढ्यो

 मंसिर २९, २०७९ बिहीबार १५:२९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको आर्थिक अवस्था सुधारतर्फ गइरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार अर्थतन्त्रका विभिन्न सूचकमा सुधार आएको देखिएको छ ।  

कात्तिकसम्म शोधनान्तर स्थिति २० अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको कात्तिकमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा रहेको छ । चालु खाता घाटाको तथ्याङ्कमा पनि सुधार आएको छ । पोहोरको कात्तिकमा चालु खाता दुई खर्ब २० अर्ब रुपैयाँले घाटामा रहेकोमा अहिले ३५ अर्ब ४० करोड रुपैयाँ घाटामा रहेको छ । 

यस्तै विदेशी विनिमयको सञ्चितिमा पनि सुधार हुँदै गएको छ । गएको असारमा १२ खर्ब १५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा कात्तिकमा साढे दुई प्रतिशतले वृद्धि भइ १२ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति एक प्रतिशतले बढेर नौ अर्ब ६३ करोड कायम भएको छ । असोजमा नौ अर्ब ४८ करोड डलर सञ्चिति रहेको थियो । 

यस्तै विप्रेषण (रेमिट्यान्स) पनि २० दशमलव ४ प्रतिशतले बढेर तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ पुगेको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया