पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
भारतको बिहार राज्यमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गएको छ । बिहारको छपरा जिल्लामा अस्ति मङ्गलवारदेखि आज बिहीवारसम्म विषालु रक्सी खाएका ३९ जनाको ज्यान गएको र ३० जना बिरामी परेका बीबीसीले जनाएको छ । बिरामीमध्ये धेरै जनाकाे अवस्था गम्भीर रहेकाे र थप उपचारका लागि पटना पठाइएको खबरमा उल्लेख छ ।
छपरा जिल्लाका डीएम राजेश मिणाका अनुसार रक्सी खाएकाहरूको आँखाको ज्योति गुमेको छ भने धेरैमा लगातार बान्ता हुने समस्या देखिएको छ । बिहारमा रक्सी बेच्न र खान बन्देज लगाइएको छ ।
यो घटनापछि सरकारले छपरा जिल्लाका प्रभारी रीतेश मिश्र र कन्स्टेबल विकेश तिवारीलाई सेवाबाट हटाएको छ । लुकाएर रक्सी बेचेको शङ्कामा प्रहरीले बिहारका पसलमा छापा मार्न सुरु गरेको छ भने रक्सी बनाउने सम्भावित ठाउँका व्यक्तिलाई पक्राउ पनि गरेको छ ।
बिहारमा सन् २०१६ मा नीतीश कुमार सरकारले रक्सीकाे बिक्री र सेवनमा प्रतिबन्ध लगाएकाे थियाे । त्यसयता अवैध र विषालु रक्सी खाँदा बर्सेनि यस्ता घटना हुने गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।