पूर्वी पहाडी क्षेत्रमा बादल, फाट्टफुट्ट पानी पर्ने सम्भावना

 पुष १, २०७९ शुक्रबार ७:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएको छ । तर, सक्रिय नभएकाले यसको प्रभाव खासै पर्ने सम्भावना छैन ।

पूर्वी पहाडी क्षेत्र बाहेकका ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँस घाम  लाग्ने मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया