तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको हत्यासम्बन्धी हजारौँ फाइल सार्वजनिक

 पुष १, २०७९ शुक्रबार ९:४३:३७ | एजेन्सी
unn.prixa.net

तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी अनुसन्धानका हजारौँ फाइल सार्वजनिक गरिएको छ ।

ह्वाइट हाउसको आ १३ हजार १ सय ७३ वटा फाइल सार्वजनिक गरिएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा टेक्सासको भ्रमणका क्रममा गोली हानी हत्या गरिएको थियो।

विश्वका रहस्यमय घटनाहरु मध्येमा पर्ने यो घटना भएको झण्डै ६० वर्षपछि अमेरिकी सरकारले अनुसन्धानका थप रिपोर्टहरु सार्वजनिक गर्ने निर्णय गरेको हो । यसअघि १६ हजार फाइल सार्वजनिक भइसकेकाले अब तीन प्रतिशत रिपोर्ट मात्रै गोप्य राखेको ह्वाइट हाउसलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो फाइल सार्वजनिक गर्न आदेश दिनुभएको थियो । तर केही फाइलहरु भने विशेष कारणले अर्को वर्षसम्म गोप्य राखिने उहाँको भनाइ छ । सार्वजनिक गरिएका रिपोर्टहरुमा पनि खास नयाँ कुरा रहेको छैन ।

सन् १९६४ मा वारेन आयोगले पहिले सोभियत युनियनमा बसेका अमेरिकी नागरिक ली हार्वे ओस्लाल्डले केनेडीको हत्या गरेको रिपोर्ट दिएको थियो । हत्या लगत्तै पक्राउ परेका उनको केनेडी हत्याको दुई दिनपछि हत्या भएको थियो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया