मलेसियामा पहिरोमा परि कम्तीमा ८ जनाको ज्यान गयो, ५३ जनाको जीवितै उद्धार

 पुष १, २०७९ शुक्रबार ११:५१:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

मलेसियाको राजधानी क्वालालम्पुर नजिक आज बिहान ठूलो पहिरो गएको छ । सेलान्गोर राज्यको एउटा शिविरमा पहिरोमा परेर कम्तीमा ८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म पुरिएकामध्ये ५३ जनाको जीवितै उद्धार गरिएको छ । केही मानिस बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेकाे छ। राजधानीबाट ५० किलोमिटर उत्तरमा रहेको बटाङ काली सहरको फार्म स्टे क्षेत्रमा पहिरो गएको हो ।

मलेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका अनुसार सडक छेउमा रहेको एक अर्गानिक फार्ममा शिविरका रुपमा उनीहरुलाई राखिएको थियो । पहिरो जानुको कारण खुलेको छैन ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया