ईयू नेताहरूद्वारा रुस विरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन

 पुष १, २०७९ शुक्रबार १५:१०:४८ | एजेन्सी
unn.prixa.net

युरोपेली नेताहरूले रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेका छन् । युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाव कसरी बढाउने भन्ने विषयमा छलफल गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

युरोपेली नेताहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे थप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।

सम्मेलनमा एजेण्डाका रुपमा रहेको युक्रेनलाई मद्दत गर्न १८ बिलियन युरोको आर्थिक सहायता प्याकेज भने अनुमोदन गरिएको छैन् । युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउन तयार रहेको सम्मेलनपछि नेताहरूले बताएका छन् । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया