स्वीडेनको एउटा चिडियाखानाले तीन वटा चिम्पाञ्जीलाई गोली हानेर मार्यो

 पुस २, २०७९ शनिबार ११:१७:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

स्वीडेनको एउटा चिडियाखानाले तीन चिम्पाञ्जीलाई गोली हानेर मारेको र अर्कोलाई घाइते बनाएको भन्दै चौतर्फी आलोचना भएको छ ।

फुरुभिकमा रहेको चिडियाखानाबाट भागेका चिम्पाञ्जीलाई चिडियाखानाकै कर्मचारीले गोली हानेर मारेको घटना सार्वजनिक भएपछि आलोचना भएको हो । उनीहरुलाई शान्त पार्ने कयौँ उपाय हुँदाहुँदै पनि गोली हानिएको प्रत्यक्षदर्शीले बताएका बीबीसीले जनाएको छ ।

चिडियाखाना बन्द रहेको अवस्थामा चिम्पाञ्जी लगायतका जनावर भागेपछि कर्मचारीले एकाएक गोली हानेका थिए । चिडियाखानाले भने विज्ञप्ति निकालेर चिम्पाञ्जीहरु धेरै नै खतरनाक भएको र मानिसहरुको ज्यान खतरा परेपछि गोली हानिएको दाबी गरेको छ । तर ३० वर्षसम्म जनावरहरूसँग काम गर्ने एक पूर्व केयरटेकरले चिडियाखानाले निकै अव्यावहारिक काम गरेको बताउनुभएको समाचारमा उल्लेख छ।

चिम्पाञ्जीलाई मारेको विरोधमा वर्षौँदेखि चिडियाखानालाई सहयोग गर्दै आएको लुन्ड विश्वविद्यालयले आफ्नो सहयोग बन्द गरेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया