विश्वव्यापी अध्ययनको निष्कर्ष : महिलाहरु रिसाहा बन्दै

 पुष २, २०७९ शनिबार १९:३७:२४ | एजेन्सी
unn.prixa.net

विश्वव्यापी गरिएको एउटा अध्ययनले महिलाहरु रिसाहा बन्दै गएको देखाएको छ ।

विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले पछिल्लो १० वर्षमा महिलाहरु बढी रिसाहा हुँदै गएको देखाएको बीबीसीले जनाएको छ । महिलाहरु रिसाहा हुने क्रम कोरोना महामारीले झनै बढाएको देखाएको छ ।

एक सय ५० वटा देशका एक लाख २० हजार प्रतिनिधि महिलाहरुमा गरिएको अध्ययनले क्रोध, नैराश्य, तनाव अनि चिन्ता पुरुषको तुलनामा निरन्तर रूपमा बढी रहेको देखिएको छ । पहिलो पटक सन् २०१२ मा पुरुषभन्दा महिलाहरु बढी रिसाहा हुने क्रम देखिएकोमा अहिलेसम्म आइपुग्दा त्यो निकै उकालो लागेको देखिएको अध्ययन टोलीको निष्कर्ष छ । महिलाहरु बढी रिसाहा बन्नुको मुख्य कारण आम्दानीमा महिलाहरुको संलग्नता बढेसँगै बाहिरिरुपमा स्वतन्त्रता बढेको तर घरभित्र परम्परागत स्वरुप रहनु देखिएको छ ।

अध्ययन टोलीले एउटा उदाहरण दिँदै लेखेको छ ‘बेलुकीपख सहरमा पुरुषहरु आराम गरेर चियापसलमा चिया पिउँदै गरेको देखिन्छ भने महिलाहरु हातमा तरकारीको झोला बोकेर कार्यालयबाट फर्किरहेको देखिन्छ । यसमा महिलाहरु कमाउन सहभागी भए पनि पुरुषहरु घरको काममा सारथी नबन्दा महिलामा क्रोध थपेको छ ।’ केही महिलाहरुले यस अघि पनि रिस उठ्ने गरेको तर त्यसबेला व्यक्त गर्ने वातावरण नभएको र अहिले केही स्वतन्त्रतासँगै रिस व्यक्त गर्न पाइएको पनि बताएका छन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया