अमेरिकामा यस वर्ष चिसोका कारण एक करोड ५० लाखभन्दा धेरै बिरामी

 पुष ३, २०७९ आइतबार ६:४५:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा यस वर्षको चिसो मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख जना बिरामी भएका अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले प्रतिवेदन सार्वजनिक गरेको छ ।

सीडीसीको पछिल्लो प्रतिवेदन अनुसार यो अवधिमा एक लाख ५० हजार मानिस अस्पताल भर्ना भएका र नौ हजार तीन सय जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ । अमेरिकामा मौसमी इन्फ्लुएन्जाको सङ्क्रमण उच्च रहेको तर केही क्षेत्रमा अहिले घट्दो देखिएको पनि सीडीसीले जनाएको छ ।

सीडीसीको तथ्याङ्कअनुसार पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार पाँच सयभन्दा धेरै मानिस अस्पताल भर्ना भएका छन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया