चर्चित इरानी अभिनेत्री अलिदोस्ती पक्राउ : सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोप

 पुष ३, २०७९ आइतबार ११:२०:३४ | एजेन्सी
unn.prixa.net

इरानमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् । अलिदोस्तीलाई पछिल्लो पटक भैरहेको प्रदर्शनमा समर्थन गरेको तथा झुट फैलाएको आरोपमा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

अभिनेत्री अलिदोस्तीले हिजाब विरुद्ध भैरहेको प्रदर्शनलाई समर्थन गरी गएको हप्ता इन्स्टाग्राममा हिजाब विनाको आफ्नो तस्बिर राखेकी थिइन् । साथै उनले इरान सरकारले मोहसेन शेकरीलाई दिएको मृत्युदण्ड सजायको पनि आलोचना गरेकी थिइन ।

इरानमा प्रहरीको हिरासतमा महसा अमिनीको ज्यान गएपछि प्रदर्शन भइरहेको छ । महिलाहरूको हिजाब विरोधी प्रदर्शनले इरानलाई नयाँ दिशामा डोर्याइरहेको कतिपयले विश्लेषण गरेका छन् । इरानमा अहिले भैरहेको प्रदर्शन सन् १९७९ मा भएको इस्लामिक क्रान्ति यताकै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

हिजाब नलगाएको आरोपमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीय महसा अमिनीको गएको सेप्टेम्बर १६ मा ज्यान गएको थियो । तर प्रहरीले उनको हृदयघातका कारण ज्यान गएको दाबी गरेको छ । इरानमा कडा इस्लाम नियमहरू कार्यान्वयनमा छन् र त्यहाँ महिलाले शिर ढाक्ने पोसाक वा हिजाब लगाउनु अनिवार्य मानिन्छ ।    
 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया