उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, कोरिया प्रायद्वीपमा तनाव बढ्दै

 पुष ३, २०७९ आइतबार १६:१०:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि फेरि दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । 

जापानको रक्षा मन्त्रालयले ती क्षेप्यास्त्र झन्डै पाँच सय किलोमिटरको उचाइमा पुगेकाे बताएको छ । जापानका वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले लगातारको क्षेप्यास्त्र परीक्षणले जापानसहित कोरिया प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति–सुरक्षालाई खतरामा पार्ने भएकोले यो अस्वीकार्य भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

उत्तर कोरियाले गएको महिना पनि अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणसहित अरू हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव बढेको छ ।

उत्तर कोरियाका नेता किम जोन उनले उत्तर कोरियासँग विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति होस् भन्ने चाहका साथ आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्नुभएको थियो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको शस्त्रागार अर्थात् हतियार राख्ने ठाउँ निर्माण गरेको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया