शेयर बजार सामान्य बढ्याे, काराेबार रकम भने घट्याे

 पुस ४, २०७९ सोमबार १५:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज साेमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । आज नेप्से तीन दशमलव ८३ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ८९ अङ्कमा पुगेको छ । 

आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । 

नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ५१ वटा कम्पनीकाे २६ लाख ९९ हजार कित्ता शेयर ८८ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छन् । हिजो आइतवार एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको शेयर छ करोड ९३ लाख रुपैयाँमा किनबेच भएको छ । आज धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया