अध्ययनको निष्कर्ष : पुरुषको वीर्यमा शुक्रकीटको मात्रा ५१ प्रतिशतले घट्यो

 पुष ४, २०७९ सोमबार १७:३२:५ | एजेन्सी
unn.prixa.net

पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा बितेको ५० वर्षमा ५१ प्रतिशतले घटेको एक अध्ययनले देखाएको छ । इजरायलको हिब्रु विश्वविद्यालय र अमेरिकाको माउन्ट साइनाई स्कुल अफ मेडिसिनले भर्खरै गरेको अनुसन्धानले पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा घटेको देखाएको बीबीसीले जनाएको छ । 

यसअघि सन् १९७० मा गरिएको अध्ययनमा एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाख जति प्रजनन क्षमतायुक्त शुक्रकीट हुने गरेकोमा अहिले घटेर चार करोड ९० लाखमा झरेको पाइएको छ । अहिले उपलब्ध शुक्रकीटमा पनि महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या निकै घटेको पाइएको अध्ययन टोलीका सदस्य एन्ड्रोलजिस्ट मोएसर राफाएल राडाएलीले बताउनुभएको बीबीसीले जनाएको छ । 

शुक्रकीटको मात्रा घट्ने क्रम सन् २००० पनि धेरै बढेको छ । पुरुषको शुक्रकीट घट्नुको मुख्य कारण मोटोपना देखिएको छ । यस्तै दुर्व्यसन, यौनाङ्गबाट सर्ने सङ्क्रमण, खानेकुराको प्रभाव, काखमा राखेर कम्प्युटर चलाउनु र अर्मोन उत्पादन गर्ने गन्थ्रीहरूमा हुने अवरोधका कारण शुक्रकीटको मात्रा घटिरहेको अध्ययन प्रतिवेदनमा भनिएको छ । 

अध्ययन प्रतिवेदनमा बुबा बन्न चाहने पुरुषलाई शारीरिक सक्रियता बढाउनुको साथै जाँड–रक्सी र चुरोट नखान सुझाव दिइएको छ । यस्तै खानपानमा ध्यान दिएर शरीरलाई मोटोपनाबाट जोगाउनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया