नाइजेरियामा हैजाको प्रकोप : कम्तीमा २० जनाको ज्यान गयो

 पुष ५, २०७९ मंगलबार ६:५६:१ | एजेन्सी
unn.prixa.net

नाइजेरियामा हैजाको प्रकोप फैलिएको छ । पछिल्लो महिना फैलिएको हैजाका कारण सयौँ नागरिक उपचारका लागि अस्पताल भर्ना भएका र कम्तीमा २० जनाको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

बिरामीको विशेषज्ञ सेवासहित उपचार भइरहेको छ । दक्षिणी क्रस रिभर राज्यका १० वटा गाउँमा हैजाको प्रकोप बढी फैलिएको छ । सरकारले हैजा प्रभावित क्षेत्रमा सफा पानी र सरसफाइका कामलाई तीव्रता दिएको छ ।

के कारणले हैजाको प्रकोप फैलियो भन्ने बारेमा अनुसन्धान थालिएको नाइजेरियाको सरकारले जनाएको छ । नाइजेरियामा खानेपानी, सरसफाइ तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा हैजाको प्रकोप बारम्बार फैलिने गरेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया