अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पलाई चारवटा फौजदारी अभियोग लगाउन सिफारिस

 पुष ५, २०७९ मंगलबार ११:१७:४६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चारवटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । झण्डै दुई वर्षअघि अमेरिकाको संसद् रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको समितिले ट्रम्पलाई फौजदारी अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो ।

डेमोक्र्याटिक नेतृत्वको समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनसहित सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको बीबीसीले जनाएको छ । पूर्व राष्ट्रपति ट्रम्पका समर्थकहरूले सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा अवरोधसहित जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा बाधा पुर्याएका थिए । तर ट्रम्पले एक विज्ञप्तिमार्फत् आफूले कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।

साथै उहाँले यो सिफारिस आफूलाई पुनः राष्ट्रपतीय चुनावमा भाग लिन रोक्ने प्रयास भएको बताउनुभएको छ । यसअघि नै ट्रम्पलाई अभियोग लगाउने या नलगाउनेबारे विचार गरिरहेका न्याय मन्त्रालयका अभियोजनकर्ताले संसदीय समितिको यो सिफारिसलाई मान्नु पर्छ भन्ने बाध्यता रहेको छैन । सात जना डेमोक्र्याट र दुई जना रिपब्लिकन सदस्य रहेको समितिले आफ्नो प्रारम्भिक १ सय ६१ पृष्ठ लामो कार्यकारी सारांश सार्वजनिक गरेको छ ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया