युक्रेनलाई नयाँ हतियार पठाउँदा द्वन्द्व चर्किने क्रेमलिनको चेतावनी

 पुष ६, २०७९ बुधबार १७:३७:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी आज (बुधवार) क्रेमलिनले दिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वाशिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षाबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने बताएको हो ।

प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, ‘यी सबै कुराले निश्चितरूपमा द्वन्द्वलाई बढावा दिन्छ र युक्रेनका लागि राम्रो सङ्केत गर्दैन । मस्कोले युक्रेनले शान्ति वार्ताबारे आफ्नो अडान परिवर्तन गर्ने अपेक्षा गर्दैन । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता इन्कार गर्नुहुने छैन ।’ 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधवार नै वाशिङ्टनमा अमेरिकी समकक्षी जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक भएको छ । 

ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउने बताउनुभएको छ ।

जेलेन्स्कीले बुधवार गरेको ट्विटर सन्देशमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेख्नुभएको छ, ‘युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई बलियो बनाउन म अमेरिका जाँदैछु ।’

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया