चिनियाँ राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता

 पुस ७, २०७९ बिहिबार ६:५५:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनका राष्ट्रपति सी जिनपिङ र युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवबीच भेटवार्ता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी र रुसी नेता मेदभेदेवको भेटवार्तामा राजनीतिक आपसी विश्वासलाई थप सुदृढ बनाउनेबारे छलफल भएको छ ।

सीपीसीको निमन्त्रणामा चीन भ्रमणमा रहेका रुसी नेता मेदभेदेवलाई राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी देश निर्माण गर्ने तथा राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउने लक्ष्य निर्धारण गरेको समेत जानकारी गराउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भेटमा राष्ट्रपति सीले रुससँग सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । साथै दुई पक्षबीच शासन अनुभव, विकास रणनीतिलाई एकीकरण गर्ने र राजनीतिक दलहरूबीच अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने विषयमा निरन्तर छलफल गर्ने समझदारी भएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया