जापानमा कोभिड सङ्क्रमणको आठौँ लहर : सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थाल्यो

 पुष ७, २०७९ बिहीबार ८:२:३२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् ।

गएको बुधवारको तुलनामा हिजो १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गएको अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ । राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन् ।

पछिल्लो २४ घण्टामा राजधानी टोकियोमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका छन् । टोकियोमा लगातार सङ्क्रमित बढेका छन् । ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख सहरमा पनि कोभिड–१९ का सङ्क्रमित बढेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया