अमेरिकी संसदमा जेलेन्स्कीको सम्बोधन : रुससँग आत्मसमर्पण नगर्ने प्रतिबद्धता

 पुस ७, २०७९ बिहिबार १०:४८:५३ | एजेन्सी
unn.prixa.net

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले रुससँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सबै प्रतिकूलताकाबीच युक्रेन जीवित रहेको र पछि नहट्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।

जेलेन्स्कीले अमेरिकी सरकार र नागरिकलाई सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ । साथै उहाँले युक्रेनले आफ्नो स्वतन्त्रताका लागि लडेको युद्धमा पूर्ण विजय हासिल गरेर छाड्ने भन्दै सम्बोधन टुङ्ग्याउनुभएको थियो । त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने जानकारी गराउनुभएको थियो ।

जसमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्रसम्बन्धी प्रणाली समेत रहेको छ । जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुग्नुभएको हो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया